टाइगर कप भलिबलः आर्मीलाई पराजित गर्दै पुलिस तेस्रो

पाेखरा | माघ १४, २०७९

टाइगर कप भलिबलः  आर्मीलाई पराजित गर्दै पुलिस तेस्रो Photo Sudarshan Ranjeet

पोखराः पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ  नेपाल पुलिस क्लब तेस्रो भएको छ । 


पोखरा रंगशालामा तेस्रो स्थानको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।  


नेपाल पुलिस क्लबले पहिलो सेट २२-२५ ले गुमाएको थियो । दोस्रो सेटबाट उत्कृष्ट पूनरागमन गर्दै नेपाल पुलिस क्लबले २५-१८, २५-२१ र २५-२० ले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो भएको हो । आर्मी गतवर्षको विजेता टोली हो । 


आज नै महिला तथा पुरुष तर्फको फाइनल खेल हुनेछ । महिला तर्फ नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच केही समयमा फाइनल खेल सञ्चालन हुनेछ । 


यस्तै पुरुष तर्फ आयोजक गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । 


महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन । 


यस्तै महिलातर्फ तेस्रो भएको होङ्गवान्जी  न्यू डायमण्ड स्पोर्टस क्लबले १ लाख २५ हजार र सान्त्वना भएको गण्डकी प्रदेशले ६५ हजार र पुरुष तर्फ तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख २५ हजार सान्त्वना भएको त्रिभुवन आर्मी क्लबले ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । 

पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ ।  आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ ।  काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

थप पढ्नुहोस्